सानो गल्तीका कारण बर्बाद भए सलमान, अपराधीको सूचीमा राखियो नाम !

  • 237
  •  
  •  
  •  
  •  
    237
    Shares

काठमाडौं, १ वैशाख । कालो हरिण मारेको विषयमा सलमान खानलाई पाँच बर्ष जेल सजाय सुनाइएको थियो । सलमान दुई रात जेलमा बसेर छुटे । त्यसपछि उनले फिल्म ‘रेस ३’को सुटिङ सुरू गरे । अहिले उनलाई देश बाहिर जाने इजाजत छैन । यही कारण फिलमको सुटिङ भारतमै भइरहेको छ ।

हरिण मारेको मुद्धामा फैसला आएपछि उनको नाम अपराधीको सूचीमा समावेश भएको छ । सलमाले ३९ अपराधिको नाम सार्वजनिक गरेको छ । उक्त सूचीको अन्तिममा सलमानको नाम छ ।

यो सूची लाइल्ड लाइफ क्राइम कन्ट्रोल ब्यूरोले आफ्नो वेबसाइटमा राखेको छ । यो सूचीमा अन्य जिवसँग जोडिएका ठूला अपराधीको नाम समेत समावेश छ ।

१९९८ मा फिल्म ‘हम साथ साथ हैं’को सुटिङका क्रममा उनले कालो हरिण शिकार गरेका थिए । यो मामलामा १७ फेब्रुअरी २००६ मा पहिलो पटक जोधपुरको तल्लो अदालतले एक बर्षको सजाय सुनाएको थियो । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × = 14