शिल्पा र अनुपको ‘वीराङ्गना’ असार २९ मा रिलिज हुने

  • 152
  •  
  •  
  •  
  •  
    152
    Shares

काठमाडौं ÷ शिल्पा पोखरेल र अनुप विक्रम शाहि अभिनित फिल्म वीराङ्गना असार २९ मा देश भर रिलिज हुने भएको छ । निर्देशक राजबहादुर सानेले आफ्नो जनम दिनमा फिल्मको छायाँकनमा सहयोग गर्ने व्यक्तिहरु शसस्त्र प्रहरीका नवनियुक्त आईजिपी शैलेन्द्र खनाल, सुरेश पन्थी, छविराज ओझा लगायतलाई धन्यवाद ज्ञापन गर्दै फिल्मको रिलिज डेट कन्फर्म गरेको हो ।

फिल्मको वितरणको जिम्मा काठमाडौंमा बि के फिल्मस्का गोपालकायस्थ र काठमाडौं बाहिर एफडि कमपनीले लिएका छन् । नारी प्रदान फिल्मलाई एक्शन जनरामा निर्माण गरिएको हो । बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार र विमला भट्ट निर्माता तथा देव तामाङ सह निर्माता रहेको वीराङ्गना र्फोथ आई मुभिजको ब्यानरमानिर्माण गरिएको हो ।

फिल्ममा शिल्पा र अनुप विक्रमका अलवा पृथ्वी राज प्रसाई, धिरेन शाक्य , प्रज्वल गिरी , प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनयरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 3