बलिउडमा सलमान र शाहरुख को आगाडि ?

  • 337
  •  
  •  
  •  
  •  
    337
    Shares

काठमाडौँ, २ वैशाख । बलिउडमा खानहरुबीचको टक्कर जति छ, अरुको सायदै होला । पछिल्लो समय दुई खानको टक्करले यतिबेला बजार निक्कै तताएको छ । ती दूई खान हुन् शाहरुख र सलमान खान । फिल्ममा मात्रै नभएर सामाजिक सञ्जालमा पनि यी दुईको नम्बर १ को हो ? भन्नेमा निक्कै होडाबाजी चल्छ ।

को हुन् त नम्बर वान ?

फिल्मी क्षेत्रको कुरा गर्ने हो भने बक्स अफिसमा सलमान खान अहिले पनि नम्बर १ कलाकारमा गनिन्छन् । लगातार सुपर हिट फिल्म दिँदै आएका सलमानको हरेक वर्ष ‘ब्लकबस्टर’ फिल्म आउने गर्छ । सन् २०१० देखि उनको उकालो लागेको करियरले अहिलेसम्म ओरालो लाग्नु परेको छैन ।

सन् २०१० मा ‘द बंग’ फिल्ममा चुलबुल पाण्डेको रोलमा मूख्य भूमिका निर्वाह गरेको सलमान त्यस यता फिल्म बक्स अफिसको किंग नै बनेका छन् । त्यसपछि सन् २०११ मा ‘रेडी’ र ‘बडीगार्ड’ जस्ता सुपरहिट फिल्म दिएका सलमानले सन् २०१२ मा ‘एक था टाइगर’ फिल्म क्षेत्रमै कोसेढुंगा सावित भयो । त्यसपछिको ‘दबंग २’ पनि सुपरहिट फिल्ममै गनियो ।
सन् २०१३ उनको लागि सन्तोषजनक रहेन तर २०१४ भने उनका लागि फलदायी नै रह्यो । सन् २०१४ मा आएको उनको ‘किक’ फिल्म दर्शकहरुले अत्याधिक रुचाइको फिल्म बन्यो ।

सन् २०१५ मा ‘बजंरगी भाइजान’ २०१६ मा ‘सुल्तान’ र २०१७ मा ‘टाइगर जिन्दा है’ फिल्म लगातार सुपहिट फिल्मको कोटीमा पर्यो । उनको यो फिल्म भारतमा मात्रै नभएर विश्वभरी नै राम्रो कमाई गर्न सफल बन्यो । जस्ले उनलाई अहिलेसम्म पनि बलिउडमा नम्बर वान हिरोका रुपमा उभ्याइदियो ।

सन् २०१३ देखि ओरालो लागे शाहरुख

सलमानका लागि सन् २०१३ करियर उकालो लगाउने वर्ष भए पनि बलिउड स्टार शाहरुखका लागि भने निराशाजनक वर्ष बन्यो ।  सन् २०१३ मा आएको शाहरुखको फिल्म ‘चेन्नई एक्सप्रेस’ दर्शकले रुचाइएको फिल्म भए पनि त्यसपछिका दिनमा आएका ‘ह्याप्पी न्यू इयर’, ‘दिवाले’, ‘फैन’ र ‘जब हैरी मेट सेजल’ जस्ता फिल्म उनको दर्शकले ठिक्कै मात्र रुचाइउको फिल्म मानिन्छ । जस्ले गर्दा फिल्म बक्स अफिसमा शाहरुखको तुलनामा सलमान कै उचाई बढी छ ।

सामाजिक सञ्जालमा टक्कर

सामाजिक सञ्जालमा भने सलमान र शाहरुखको होडाबाजी नै छ । सामाजिक सञ्जाल फेसबुकमा सलमानका फलोअर्स बढी छन् भने ट्वीटरमा शाहरुखको फलोअर्स बढी छन् ।

फेसबुकमा सलमानका ३ करोडभन्दा बढी फलोअर्स छन् भने शाहरुखको २ करोड ७१ लाख फलोअर्स छन् । तर ट्वीटरमा शाहरुखको ३ कारोडभन्दा बढी फलोअर्स छन् भने सलमानको शाहरुखको भन्दा निक्कै कम फलोअर्स रहेका छन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

28 − 27 =