उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता

  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

सोल, २ वैशाख । उत्तर कोरियाका नेता किम जोङ उनसँग चिनियाँ कम्युनिष्ट पार्टीका एकजना वरिष्ठ नेताले राजधानी प्योङयाङमा भेटवार्ता गरेका छन् ।

उत्तर कोरियाको राजधानी प्योङयाङमा पुगेका चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ नेतृत्वको टोलीले उनसँग भेटवार्ता गरेको हो ।

उक्त उच्चस्तरीय भेटका क्रममा दुई देशको आपसी सम्बन्धलाई बलियो बनाउने बारेमा छलफल भएको उत्तर कोरियाली समाचार समिति, केसिएनएले जनाएको छ ।

उत्तर कोरियाली नेता उनले केही हप्ता अगाडि चीनको अप्रत्याशीत भ्रमण गरी राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

उहाँहरूको भेटवार्ताको विषयलाई लिएर अमेरिका लगायतका देशहरूले चासो व्यक्त गरेका थिए भने विश्वभर नै चर्चाको विषय बनेको थियो ।

पछिल्लो समयमा उत्तर कोरिया अन्तर्राष्ट्रिय सम्बन्ध विकासको काममा केही उदार देखिएको छ ।

आणविक क्षेप्यास्त्रको बारम्बार परीक्षणका कारण विश्व समुदायबाट अलग्गिएको उत्तर कोरिया यतिखेर भने भेटवार्ताको कूटनीतिमा अग्रसर भएको देखिएको चर्चा शुरु भएको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × = 48