परराष्ट्रमन्त्री ज्ञवालीले गरे अस्मितालाई एसइईसम्म पढाउने घोषणा

  • 201
  •  
  •  
  •  
  •  
    201
    Shares

काठमाडौं, २ बैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गुल्मीको छत्रकोट– ५ खज्र्याङकी एक बालिका अस्मिता परियारलाई एसइईसम्म पढाउने घोषणा गरेका छन् । स्थानीय वीपी स्मृति प्राथमिक विद्यालयमा अस्मितालाई कक्षा १ मा भर्ना गर्नुका साथै अभिभावकत्व ग्रहण गर्ने क्रममा मन्त्री ज्ञवालीले अस्मितालाई एसइईसम्म पढ्दा लाग्ने सम्पूर्ण खर्च पनि आफूले बेहोर्ने घोषणा गरेका हुन् ।

नयाँ वर्षसँगै अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रममा मन्त्री ज्ञवालीले अस्मिताको अभिभावकत्व ग्रहण गरेका हुन् । गरिव, दलित परिवार तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय भर्ना तथा अभिभावकत्व ग्रहण गर्ने क्रममा अस्मिताको अध्ययन खर्च बहन गर्ने मन्त्री ज्ञवालीले घोषणा गरेका हुन् ।

मन्त्री ज्ञवालीले कार्यक्रममै बालिका अस्मिताको अध्ययन खर्च बेहोर्ने घोषणा गरेका हुन् । उनले आफ्नो ट्वीटरमा पनि लेखेर अभिभावकत्व ग्रह गर्न पाउँदा निकै खुशी भएको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 47 = 54