सलमान खानले २०१९ को इदमा प्रियंका र कटरिनासँग धूम मच्चाउने !

  • 285
  •  
  •  
  •  
  •  
    285
    Shares

काठमाडौं, ३ वैशाख । सलमान खान स्टारर फिल्म ‘भारत’का लागि स्टारकास्ट फाइन गरिएको छ । अली अब्बास जफरको निर्देशनमा बन्न लागेको फिल्ममा सलमानसँगै प्रियंका चोपडा र कटरिना कैफ समेत देखिनेछन् ।

अली अब्बासले ‘मेरे ब्रदर की दुलहन’बाट बलिउडमा डेब्यू गरेका थिए । उक्त फिल्ममा उनले कटरिनालाई लिएका थिए । त्यही बेला देखि कटरिना र अली असल साथी बनेका हुन् ।

त्यसपछि अलीले अर्को फिल्म ‘गुन्डे’मा पनि कटरिनालाई अफर गरेका थिए । कटरिनाले उक्त अफर अस्विकार गरेपछि प्रियंकालाई लिइएको थियो । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 40 = 42