‘विग बोस’ सिजन १२ मा नयाँ ट्वीस्ट !

  • 42
  •  
  •  
  •  
  •  
    42
    Shares

काठमाडौँ, वैशाख ३ । भारतीय टेलिभिजनको निक्कै चर्चित मानिएको रियालिटी शो ‘बिग बोस’का दर्शकहरुलाई खुसीको खबर । ‘बिग बोस’ सिजन १२ को नयाँ अडिसन सुरु भएको छ ।  भारतीय टेलिभिजन च्यानल कलर्सबाट छिट्टै प्रसारण आरम्भ हुने ‘बिग बोस’ सिजन १२ मा भने नयाँ ट्वीस्ट थपिँएको छ, त्यो हो जोडी प्रतिस्पर्धी ।

टेलिभिजन च्यानलको ट्वीटरमार्फत यस पटकको अडिसनमा जोडी प्रतिस्पर्धी रहने जानकारी दिइएको हो । हरेक प्रतिस्पर्धीले आफ्नो पार्टनर पनि सँगै लिएर जानु पर्ने छ ।

कलर्स टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘बिग बोस’ यो पटक पनि मे महिनाबाटै शुरु हुने छ । ‘बिग बोस’ सिजन ११ सम्म बलिउड नायक सलमान खनले होस्ट गर्दै आएका थिए । ‘बिग बोस’ सिजन १२ को भने कस्ले होस्ट गर्ने हो भन्ने निश्चित भइनसकेको श्रोतले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 2 =