‘ओलीराज’ मा सडकमा शान्तिपूर्ण प्रदर्शन गर्नसमेत नपाइने, सडक आन्दोलनबाटै राजसंस्थालाई घुँडा टेकाएको तथ्य बिर्से एमाले–माओवादीले

  • 58
  •  
  •  
  •  
  •  
    58
    Shares

काठमाडौं, ३ वैशाख । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनअघि कांग्रेस सभापति शेरबहादुर देउवाको एउटा भाषण निकै चर्चित थियो । उनले कम्युनिस्ट सत्ता आए रुनसमेत नपाइने भन्दै वामपन्थी गठबन्धनको सरकारले अधिनायकवाद ल्याउने दाबी गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार जारी गरेको विज्ञप्तिअनुसार अब विरोध प्रदर्शन गर्न सीमित सात ठाउँ तोकिएको छ । सरकार र कुनै घटनाको विरोध गर्नुपरे खुल्लामञ्च, तीनकुने, स्वयम्भू, पेप्सीकोला, सानो गौचरन, गौशाला, लैनचौर पुग्नुपर्ने भएको छ । सरकारको विरोध गर्नुपरेमा जनताको पहिलो स्थान सडक हो । विपक्षी दलहरू त सडकबाटै सरकारलाई दबाब दिने गर्छन् । तर, केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार अधिनायकवादको दिशामा अघि बढेको संकेत देखिन थालेको छ ।

हिजो आफ्नो सरकार नहुँदा, प्रमुख प्रतिपक्षमा बस्दा सडकका रेलिङ भाँचेको बिर्सेर यसपटक दुई तिहाइ बहुमत आउनेवित्तिकै वाम गठबन्धनको सरकारले शान्तिपूर्ण रूपमा आफ्नो विरोध गर्न पाउने अधिकारमाथि अंकुश लगाउन खोजेको र त्यो स्वतन्त्रता विरोधी भएको वरिष्ठ पत्रकार राजेन्द्र दाहालको भनाइ छ ।

लोकतान्त्रिक व्यवस्थामा सडक र संसद प्रतिपक्षको भन्ने मान्यता छ । तर, कांग्रेस ६३ सिटमा खुम्चिएको र आन्तरिक द्वन्द्वले विरोधसमेत गर्न नसक्ने अवस्थामा रहेको निष्कर्ष निकाल्दै सरकारको विरोधसमेत गर्न निश्चित ठाउँ तोकिएको हुन सक्ने बताइन्छ । विगतमा १९ दिनको सडक आन्दोलनबाटै राजसंस्थालाई घुँडा टेकाएको तथ्यलाई एमाले र माओवादी केन्द्रले बिर्सेर अधिनायकवादको बाटो समातेको लोकतन्त्रप्रति आस्था राख्ने मानिसहरूको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 3 = 3