‘डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि योग्य हैनन्’

  • 24
  •  
  •  
  •  
  •  
    24
    Shares

काठमाडौँ, ३ वैशाख । अमेरिकी संघीय अनुसन्धान निकाय एफबीआइका पूर्व निर्देशक जेम्स कोमीले डोनाल्ड ट्रम्प मेरिकाको राष्ट्रपति पदका लागि नैतिक रुपमा योग्य नभएको बताएका छन्।

एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई अन्तर्वाता दिँदै कोमीले महिलाहरूलाई अपमानजनक व्यवहार गर्ने ट्रम्प नैतिक रुपमा राष्ट्रपति पदका लागि योग्य नभएका बताएका हुन् । उनले राष्ट्रपति ट्रम्पले न्यायलाई अवरोध गरिरहेको केही प्रमाण निश्चित रुपमा रहेको उल्लेखसमेत गरेका छन् ।

कोमीले ट्रम्प राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न मानसिक रुपमा अयोग्य नभए पनि निरन्तरको झुठोपन र महिलाबारेका धारणाका कारण उनी असक्षम रहेको उल्लेख गरे ।

अघिल्लो वर्ष ट्रम्पले पदबाट बर्खास्त गरेपछि दिएको पहिलो टेलिभिजन अन्तर्वार्तामा कोमीले यी धारणाहरू राखेका हुन् ।
ट्रम्पले ट्विटरमा कोमीको आलोचना गर्दै उनलाई ‘ठग र नराम्रो व्यक्ति’ भनेका छन् । बीबीसी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

60 ÷ 6 =