सोलुखुम्बु बन्यो ४२ औँ पूर्ण खोप सुनिश्चित जिल्ला

  • 28
  •  
  •  
  •  
  •  
    28
    Shares

सोलुखुम्बु, ३ वैशाख । सोलुखुम्बु ४२ औं पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ । आइतबार आैपचारिक कार्यक्रमको आयोजना गरेर सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो ।

सदरमुुकाममा भव्य र्याली र कार्यक्रम गरेर सोलुखुम्बुबाट निर्वा्चित प्रतिनिधिसभाका सदस्य हेमकुमार राई सुरवीरले सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चिता घोषणा गरेका थिए । जिल्ला जनस्वास्थ्य कार्यालय सोलुखुमबुबाट शुरु भएको र्यालीले जिल्ला प्रशासन कार्यालय परिसर हुँदै जिल्ला समन्वय समितिको हलमा गएर कार्यक्रममा परिणत भएको थियो ।

जिल्ला खोप समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य राईसँगै प्रदेशसभा सदस्य वुद्धिकुमार राजभण्डारी, राष्ट्रिय खोप समन्वय समितिको सचिवालयका प्रतिनिधि, जिल्लाका सम्पूर्ण स्थानीय तहका प्रमुख, सरकारी कार्यालय प्रमुख एवं प्रतिनिधि, स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × = 18