मदन पुरस्कार विजेता अमर न्यौपानेकी पूर्वपत्नी सरस्वती भन्छिन्, पेटको बच्चा नफालेसम्म मसँग विवाह गर्दिनँ भनियो

  • 580
  •  
  •  
  •  
  •  
    580
    Shares

काठमाडौैं, ३ वैशाख । अमर न्यौपाने चर्चित युवा साहित्यकार । पछिल्लो पुस्ताका सशक्त हस्ताक्षर न्यौपाने ‘मदन पुरस्कार’ विजेतासमेत हुन् । उनले लेखेको ‘सेतो धरती’ नामक उपन्यासले ‘मदन पुरस्कार’ प्राप्त गरेको थियो । उनले ‘पानीको घाम’, ‘कलिलो मन’, ‘करोडौं कस्तुरी’ जस्ता चर्चित कृति लेखेका छन् ।

केही समयअघि उनले सामाजिक सञ्जाल फेसबुकमा ‘१४ वर्षपछि प्रेमविनाको विवाहबाट छुटकारा पाएँ’ भनेर श्रीमतीसँग सम्बन्ध विच्छेद गरेको सबैलाई जानकारी दिएका थिए । त्यसपछि मात्र धेरैले अमर विवाहित हुन्, श्रीमतीसँग १४ वर्षसम्म डिभोर्स प्रक्रियामा थिए भन्ने खुलेको थियो । अमरले गत फागुन १३ गते कानुनी रूपमा श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका थिए । विवाह भएको एक दशकभन्दा बढी समयदेखि उनी श्रीमतीसँथ अलग रहेर काठमाडौंमा बस्दै आएका थिए ।

अमरले आफ्नो विगतबारे केही तथ्य सार्वजनिक गरेपछि उनकी पूर्वपत्नी सरस्वती भण्डारीले सोमबार प्रकाशित हुने तरुण साप्ताहिकमा अन्तर्वार्ता दिएकी छन् । जसमा उनले अमरबारे धेरै गम्भीर आरोप लगाएकी छन् । अमरसँगको विवाहलाई उनले ‘यान्त्रिक विवाह’ को संज्ञा दिएकी छन् ।

उनले यौन प्यास मेटाउन अमरले आफूसँग प्रेमको नाटक गरेको आरोप लगाएकी छन् । ‘०५६ सालको कुरा हो, म त्यसबेला कक्षा ८ मा पढ्दै थिएँ । उहाँ कलेज पढ्नु हुन्थ्यो । पुरुषको मायाजालमा परेर एउटा महिलाले विवाहअघि गर्न नहुने काम गरें, जसले जीवनभरि पश्चाताप गरिराख्नुपरेको छ,’ उनले भनेकी छन् ।

सरस्वतीले अमरको अगाडि एकक्षण नभएमा उनी पानीबिनाको माछाजस्तो छट्पटाउने गरेको, एकान्त खोज्ने, अरुले लेखेको कविता सुनाएर भए पनि पागलपे्रमी हो भनेर मलाई आश्वस्त पार्ने गरेको बताएकी छन् । ‘उसको एकसूत्रीय अभियान यौन तृप्ति मात्र रहेछ । यौन प्राप्तिका लागि पे्रम त नाटक मात्र रहेछ । प्रेमको भ्रममा परेर उसलाई शरीर सुम्पनु मेरो गल्ती भयो । मैले ठानें, ऊ मेरो अभिभावक हो, तर म त उसको कठपुतली पो रहेछु,’ सरस्वतीले अन्तर्वार्तामा भनेकी छन् ।

आफ्नो पेटको बच्चा फालेपछि मात्र अमरले आफूसँग गरेको प्रेम नक्कली रहेछ भनेर थाहा पाएको उनले उल्लेख गरेकी छन् । ‘पेटमा बच्चा आयो, समाजमा यसरी बस्नु हुँदैन, विवाह गर्नुपर्छ भनें । त्यसपछि ऊ पेटको बच्चा फाल्ने षड्यन्त्रमा अर्को नक्कली पे्रम गर्न थाल्यो । पेटको बच्चा नफालेसम्म विवाह गर्दिनँ भनेर अड्डी लियो, त्यसपछि चाहिँ अमरको पे्रममा शंका लाग्न थाल्यो । विवाहको आशमा पेटको बच्चा पनि फालें । जसरी अहिले पे्रमविनाको विवाहबाट मुक्ति पाएकोमा ऊ जति खुसी छ, त्योभन्दा कैयौं गुणा खुसी मेरो पेटको बच्चा फाल्दाको क्षण भएको थियो,’ सरस्वतीले भनेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 ÷ 1 =