निजी विद्यालयले तत्काल शुल्क नघटाए कडा आन्दोलन गर्ने तीन विद्यार्थी संगठनको सरकारलाई चेतावनी

  • 3.7K
  •  
  •  
  •  
  •  
    3.7K
    Shares

काठमाडौं, ३ चैत । संयुक्त विद्यार्थी संगठनले मापदण्डविपरीत तोकिएको निजी विद्यालयहरूको शुल्क तत्काल नघटाए सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन ।

अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारीलगायत संयुक्त विद्यार्थी संगठनको सोमबार बिहान काठमाडौंमा बसेको बैठकले मापदण्डविपरीत तय गरिएका निजी विद्यालयहरूको शुल्क नघटाए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको हो ।
निजी विद्यालयको शुल्क घटाउनुपर्नेलगायतका विगतमा भएका सहमति कार्यान्वयन गर्न तीन विद्यार्थी संगठनले प्रधानमन्त्री केपी ओलीलाई मंगलबार ज्ञापनपत्र बुझाउने भएको छ । ७२ घन्टा भित्र आफूहरूको माग सम्बोधन गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउने निर्णय गरिएको नेपाली विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।

बैठकले सरकारलाई निजी क्षेत्रले जथाभावी बढाएको शुल्क तत्काल घटाउन दवाव दिन बुधबार सडक बहस कार्यक्रम नै सञ्चालन गर्ने निष्कर्ष पनि निकालेको छ । आफैंले बनाएको शुल्क निर्धारण निर्देशिका कार्यान्वयन नगरे सरकारविरुद्ध असहयोग अन्दोलन गर्न बाध्य हुने निष्कर्षसमेत निकालिएको महरले चेतावनी दिए ।

विद्यार्थी संगठनहरूले अब पनि सरकारले निजी विद्यालयहरूले मापदण्डविपरीत वृद्धि गरेको शुल्क नघटाए सरकारका सबै गतिविधिमा असहयोग गर्ने तथा सरकारी सवारीसाधन अवरुद्ध गर्नेलगायतका कार्यक्रम तय गरेका छन । निजी विद्यालयहरूले जथाभावी भर्ना शुल्क लिन थालेपछि विद्यार्थी संगठनहरूले त्यसलाई नियमन गर्न सरकारलाई दबाब दिने कामलाई निरन्तरता दिएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 1 = 1