टोखामा महिलाको हत्या, हत्यामा संलग्न एक पक्राउ

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, ३ वैशाख । काठमाडौँको टोखा नगरपालिकास्थित बसुन्धारा नजिकै आइतबार राति भेटिएको महिलाको शव सनाखत भएको छ । टाउकोमा गहिरो चोट लागेको अवस्थामा राति करिब साढे नौं बजे तिर भेटिएको उक्त शव गोर्खा घर भई हाल काठमाडौँमा मिस्त्री काम गर्दै आएकी ३३ वर्षीया पूर्णिमा बि.क भएको टेकु प्रहरीले जनाएको छ ।

बिकको टाउकोमा गहिरो चोट लागेकाले उनको हत्या भएको हुन सक्ने प्रहरीकाे अनुमान छ । घटनामा संलग्न रहेको आशंकामा पर्सा जिल्ला घर भई हाल धापासी बस्ने ३० वर्षीय बिजय तामाङलाई पक्राउ गरिएको सोमबार टेकु प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 1 =