नेपाल आर्इडल जस्तै अर्को रियालिटी शो ‘दी भ्वाइस अफ नेपाल’ (भिडियाेसहित)

‘क्याप्सुल ९’ ले पनि सहकार्य गर्ने, साउनदेखि कान्तिपुर टेलिभिजनमा
  • 34
  •  
  •  
  •  
  •  
    34
    Shares

काठमाडौँ, ३ वैशाख । आगामी साउनबाट शुरु हुन लागेको चर्चित सिंगिङ फ्रेन्चाइज शो ‘दी भ्वाइस अफ नेपाल’ सञ्चालनका लागि आयोजक संस्था एएनसीसँग फेसन ब्राण्ड ‘क्याप्सुल ९’ ले सहकार्य गर्ने भएको छ । सोमबार राजधानीमा पात्रकार सम्मेलन गरी एएनसी र क्याप्सुल ९ ले सम्झौता गर्ने जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा क्याप्सुल ९ का तर्फबाट अध्यक्ष दीपकचन्द्र शर्मा र एएनसीका अध्यक्ष प्रल्हादसिंह महतले सम्झौता पत्र आदाप्रदान गरेका थिए । ‘दी भ्वाइस अफ नेपाल’ र क्याप्सुल ९ को लोगो अंकित टिसर्ट सार्वजनिक गर्दै क्याप्सुल ९ का प्रबन्ध निर्देशक बिनोद ढकालले सम्झौतापछि ‘दी भ्वाइस अफ नेपाल’ अंकित हरेक टिसर्टमा क्याप्सुल ९ को पनि लोगो रहने बताएका छन् ।

डिलरमार्फत दर्शकले ‘दी भ्वाइस अफ नेपाल’ को टिसर्ट खरिद गर्न सक्ने छन् । निर्देशक बिनोद भन्छन्, ‘अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त गायन रियालिटी फ्रेञ्चाइज शोसँग सहकार्य गर्न पाउनु हाम्रा लागि गौरवको कुरा हो । अब हामी चाँडै नै अन्तर्राष्ट्रिय बजारमा आफ्नो उत्पादन पुर्याउने अभियानमा छौं ।’

१ सय ९२ मुलुकमा सम्पन्न भइसकेको शो अब नेपालमा हुन लागको हो । यसको तयारी पूरा भइसकेको आयोजकले जनाएको छ । ‘दी भ्वाइस अफ नेपाल’को निर्णायकमा गायक दीप श्रेष्ठ, अभया सुब्बा, प्रमोद खरेल र सोनुप पौडेल रहेका रहेका छन् भने उक्त शो कान्तिपुर एचडी टेलिभिजनबाट प्रसारण हुने भएको छ । ‘दी भ्वाइस अफ नेपाल’ को स्टुडियो भवन धुम्बाराही–४ स्थित प्रगतिमार्गमा निर्माण भइरहेको छ ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्:

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

74 − = 65