करिना देखि काजोलसम्म, सुटिङको समयमा गर्भवती थिए यी ११ अभिनेत्री

  • 223
  •  
  •  
  •  
  •  
    223
    Shares

काठमाडौं । करिना कपूर अहिले फिल्म ‘वी दी वेडिंङ’ को प्रमोसनमा व्यस्त छिन् । जब करिना यो फिल्मको सुटिङमा थिइन्, सोही समयमा उनी गर्भवती भएकी थिइन् । जसका कारण फिल्मको बाँकी सुटिङ केही बर्ष पछि सर्यो । छोरालाई जन्म दिएको एकबर्षपछि उनले पुनः फिल्मको सुटिङ थालेकी हुन् । बलिउडमा करिना मात्रै होइन अन्य केही अभिनेत्री पनि छन् जो सुटिङको समयमा गर्भवती भएका थिए ।

हेर्नुहोस् सूची

१. करिना कपुर


करिना ‘वी दी वेडिंङ’ को सुटिङका समयमा गर्भवती भएकी थिइन् । जसका कारण फिल्मको बाँकी सुटिङ केही बर्ष पछि सर्यो । छोरा तैमूलाई जन्म दिएको एकबर्षपछि उनले पुनः फिल्मको सुटिङ थालेकी हुन् । उनका पतिको नाम सैफ अली खान हो ।

२. काजोल

२०१० मा फिल्म ‘वी आर फ्यामेली’ को सुटिङको समयमा काजोल गर्भवती भएकी थिइन् । यो फिल्ममा काजोलले तीन बच्चाकी आमाको भूमिका निभाएकी थिइन् । गर्भवती हुँदा पनि उनले फिल्को सुटिङ सकाएकी थइन् । उनले प्रमोशन इभेन्टमा पनि भाग लिएकी थिइन् । उनका श्रीमान अजय देवगन भने उनले आरम गरुन भन्ने चाहान्थे । तर उनले कामलाई निरन्तरता दिइन् । काजलका न्यासा र युग नामका छोरा छोरी छन् ।

४. जूही चावला

जूही २००१ मा ‘आमदनी अठन्नी खर्चा रुपैयाँ’ फिल्मको सुटिङका समयमा गर्भती भएकी हुन् । गर्भवतीन भएपनि उनले फिल्मको सुटिङ छोडिनन् । उनका जान्हवी र अर्जुन नामका दुई सन्तान छन् । उनी दोस्रो पटक ‘झंकार विट्स’ को सुटिङको समयमा गर्भवती भएकी थिइन् । जनका पतिको नाम जय मेहता हो ।

५. जया बच्चन

१९७५ मा आएको फिल्म ‘शोले’ को सुटिङको समयमा जया बच्चन ३ महिनाकी गर्भवती थिइन् । जब ‘शोले’ रिलिज भयो तब पनि जया गर्भवती थिइन् । उनका श्वेता र अभिषेक नामा दुई सन्ता छन् । उनका पतिको नाम अमिताभ बच्चन हो ।

६.नन्दिता दास

२०११ मा आएको फिल्म ‘आई एम’ को सुटिङका समयमा नन्दिता दास ५ महिनाकी गर्भवती थिइन् । फिल्ममा नन्दिताले गायिका आमाको रोल निभाएकी थिइन् । गर्भवती हुँदा पनि उनले सुटिङ पुरा गरिन् । उनका विहान नामका एक छोरा छन् । उनका पतिको नाम सुबोध मस्करा हो । नन्दिता र सुबोधको अहिले डिभोर्स भइसकेको छ ।

७.फराह खान

करियोग्रापर फराह खान २००७ मा फिल्म ‘ओम शान्ति ओम’ को सुटिङका समयमा गर्भवती थिइन् । उनले फिल्मको सुटिङ सकिएपछि पनि पोस्ट प्रोडक्शनका लागि काम गरिन् । उनका कजार, अन्या र दिवा नामका तीन सन्तान छन् । उनका पतिको नाम शिरिष कुन्दर हो ।

८. स्कारलेट जनसन

हलिउड अभिनेत्री जनसन २०१२ मा फिल्म ‘एभेन्जर्सः एज अफ अल्ट्रान’ को सुटिङका क्रममा गर्भवती भएकी थिइन् । उनले गर्भवती हुँदा समेत सुटिङ पुरा गरेकी थिइन् । उनका रोज डोरोथी नामका एक छोरा छन् । उनका पतिका नाम रेयान रोनाल्ड्स हो ।

९. हेली बेरी

२०१४ मा फिल्म ‘एक्स म्यानः डेज फ्यूचर पास्ट’ को सुटिङका समयमा हलिउड स्टार हेली बेरी तीन महिनाकी गर्भवती थिइन् । उनका नाहदा र मकेउ रोबर्ट नामका दुई सन्तान छन् । उनका पतिको नाम ग्राबियल आब्री हो ।

१०. पेनेलोज क्रुज

२०११ मा फिल्म ‘पायरेट्स अफ द क्यारेबियन’ को सुटिङको समयमा पेनेलोप दुई महिनाकी गर्भवती थिइन् । उनलका लुना र लियो नामका दुई सन्तान छन् । उनका पतिको नाम जेवियर बारडेम हो ।

११.जुलिया राबर्ट्स

हलिउड अभिनेत्री जुलिया ‘ओसियन टेल्व’ को सुटिङका क्रममा गर्भवती भएकी थिइन् । यो फिल्ममा उनको भूमिका गर्भवती महिलाकै थियो । उनका हेजल, हेनरी र फिनेओस नामका तीन सन्तान छन् । उनका पतिको नाम डेलियल माडेर हो । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

87 − 81 =