बलिउड हास्य कालाकर राजपाल यादव जालझेल मामलामा दोषी ठहर

पाँच कारोड नतिरेको आरोप
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, ३ वैशाख । आफ्नो हास्यकलाबाट दर्शकलाई हसाउँदै आइरहेका बलिउड अभिनेता राजपाल यादवलाई दिल्लीको कड़कड़डू अदालतले जालझेलको एउटा पुरानो मामिलामा दोषी गरेको छ । उनलाई पाँच करोड रुपैयाँ ऋण नतिरेको आरोपमा दोषी ठहर गरेको हो । यस मामिलामा यादवसहित उनकी श्रीमतीलाई पनि अदालतले दोषी मानेको छ ।

राजपाल यादवको डायरेक्टोरियल फÞिल्म ‘अता पता लापता’सँग जोडिएको छ । उक्त फिल्मको निर्माणका लागी दिल्लीका एक व्यवसायीसंग ५ करोड रुपैया ऋण लिएर नतिरेपछि उनीविरुद्ध मुद्दा दायर भएको थियो । यो मामला उनले निर्माण गरेको फिल्म ‘लापता’ सँग जोडिएको छ ।

करिब ८ वर्षअघि फिल्म ‘लापता’ निर्माण गर्नका लागि एक व्यवसायीसँग पाँच करोड रुपैयाँ ऋण लिएका थिए । तर, फिल्म रिलिज भए पनि फिल्मले कमाई गर्न नसकेपछि उनले उक्त ऋण फिर्ता गर्न नसक्दा उनी बिरुद्ध व्यवसायीले मुद्दा दायर गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

60 + = 67