सिरियाको होम्स शहरमा सिरियाली सेनाले नै खसाल्यो मिसाइल

  • 246
  •  
  •  
  •  
  •  
    246
    Shares

होम्स, वैशाख ४ । सिरियाको होम्स शहरमा सिरियाली सेनाले नै मिसाइल खसालेको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार सिरियाको होम्स शहरस्थित दक्षिणपूर्वी भागमा विष्फोटको ठूलो आवाज सुनिएको थियो । अधिकारीहरुका अनुसार यो हमलामा कुनै पनि मानवीय क्षेति भने भएको छैन ।

हालै मात्र यस क्षेत्रमा इजरायली सेनाले पनि हवाई आक्रमण गरेको थियो तर इजरायल सेनाका प्रवक्ताले यसका विषयमा केही बोलेका छैन् । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ताले होम्स शहरको आसपासमा अमेरिकाले अहिले कुनै पनि कारबाही नगरेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एएफपीले जनाएको छ ।

केही समयअघि मात्रै अमेरिका, फ्रान्स र ब्रिटेनले सिरियाले रासायनिक हतियार प्रयोग गरेको विरोधमा हवाई आक्रमण गरेको थियो । सिरियाले पूर्वी घौटा इलाकामा रासायनिक हतियार प्रयोग गरेका कारण ७० जनाको मृत्यु भएको अमेरिकाले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 2 = 1