चलचित्र ‘चंगा’ को ‘कम्पनी माला…’ गीत राजनराज शिवाकोटी र अञ्जु पन्तको अर्को हिट नम्बर (भिडियो)

  • 777
  •  
  •  
  •  
  •  
    777
    Shares

काठमाडौं, ४ वैशाख । राजनराज शिवाकोटी र अञ्जु पन्तले ब्याक टु ब्याक हिट गीत दिइरहेका छन् । ‘छक्का पञ्जा’ को सुर्के थैली खोइ.. गीतबाट राजनराज र अञ्जुको जोडी जमेको हो । यो जोडीको अर्को हिट नम्बर ‘कम्पनी माला…’ गीत रिलिज भएको छ ।

निर्देशक किशोर भण्डारीले निर्देशन गरेको ‘चंगा’ मा समावेश उक्त गीत सोमबार युट्युबमा रिलिज भएको हो । गीत विस्तारै लोकप्रिय हुँदै गएको छ । युट्युबमा गीत हेर्ने भ्यूअर्सले राजनराज र अञ्जुको ‘कम्पनी माला…’ पनि हिट हुने बताएका छन् । राजेन्द्र थापाले लेखेको गीतको संगीत राजनराजकै रहेको छ ।

प्रचारको पहिलो सुरुवात भन्दै निर्माण टिमले चलचित्रमा समावेश लोक फ्लेभरको गीत ‘कम्पनी माला..’ दर्शकमाझ ल्याएको हो । ‘चंगा’ जेठ २५ गते रिलिज हुँदैछ । कम्पनी माला… गीतमा चलचित्रका सबै कलाकारले अभिनय गरेका छन् ।

बुद्धि तामाङ, रेश्मा तिमल्सिना, कमलमणि नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, प्रेमवर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारीले चलचित्रमा अभिनयमा छन् । गीतको कोरियोग्राफी कविराज गहतराजको छ । एरेञ्जको काम शैलेन्द्र प्रधानले गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × = 35