लिभरपुलका सलाह रियल मड्रिड जान सक्ने

  • 322
  •  
  •  
  •  
  •  
    322
    Shares

काठमाडौं, ४ वैशाख । इंग्लिस क्लब लिभरपुलका स्टार मोहमद सलाह अर्को सिजन रियल म्याड्रिडमा देखिने सम्भावना देखिएको छ ।  गत सिजन मात्र एएस रोमाबाट प्रिमियर लिग आएका २५ वर्षीय सलाहले लिगमा मात्र ३० गोलसहित समग्रमा सबै प्रतियोगितामा ४० गोल गरेका छन् ।

यसअघि चेल्सीबाट प्रिमियर लिग खेलेपनि उनी जम्न सकेका थिएनन् । आक्रमणमा उनलाई साडियो माने र रोबर्टो फिर्मिनोले राम्रो साथ दिइरहेका छन् ।

लिभरपुलबाट उत्कृष्ट प्रदर्शन गरिरहेका सलाहलाई त्यसै सुचिमा समावेश गर्न रियल म्याड्रिड आतुर रहेको बुझिन्छ । यही चर्चाकाबीचमा इजिप्टका दिग्गज फुटबल खेलाडी मिडोले सलाह रियल म्याड्रिड जना तयार भइसकेको बताएका छन् ।

उनले स्ट्राइकरले सलाहको लागि रियल म्याड्रिड नै उत्तम गन्तव्य भएको बताएका छन् । सलाह रियल म्याड्रिडसँग अनुबन्धित भएमा दुवै पक्ष फाइदामा रहने उनको बुझाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

25 − = 24