नेपालमै १०९ वर्षीया वृद्धा, जस्लाई मातातिर्थ औँशीमा सम्मान गरियो

  •  
  •  
  •  
  •  
  •  

तेह्रथुम, ४ वैशाख । ज्येष्ठ नागरिक जिल्ला संघ, तेह्रथुमले मातातीर्थ औँशीका अवसरमा सोमबार १०९ वर्षीया एक वृद्धालाई सम्मान गरेको छ । म्याङलुङ नगरपालिका–३, नागदह निवासी १०९ वर्षीया पदममाया श्रेष्ठलाई संघले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । कार्यक्रममार्फत वृद्धा श्रेष्ठको सुस्वास्थ्य र दीर्घायुको कामनासमेत गरिएको छ ।

श्रेष्ठलाई घरैमा गएर म्याङलुङ नगरपालिकाका उपप्रमुख पार्वती सानु डाँगीको प्रमुख आतिथ्यतामा संघका पदाधिकारी र सदस्यको टोलीले सम्मान गरेको संघका जिल्ला सचिव उमानाथ भट्टराईले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

88 − = 79