वैशाख १० गतेदेखि काठमाडौंका चार सिनेमा हलमा बक्स अफिस लागू हुँदै

  • 242
  •  
  •  
  •  
  •  
    242
    Shares

काठमाडौं, ४ वैशाख । नयाँ वर्षको सुरुवातसँगै काठमाडौं उपत्यकाका सिनेमा हलमा बक्स अफिल लागू हुने भएको छ । उपत्यकामा सञ्चालित सिंगल स्क्रिनका सिनेमा घरमा बक्स अफिस प्रणाली इटिकेटिङ सिस्टम लागू हुने भएको हो । मल्टिप्लेक सिनेमा घरमा सञ्चालित इटिकेटिङ सिस्टमलाई पनि चलचित्र विकास बोर्डले आफ्नो डाटा हवमा जोड्दैछ । त्यसका लागि एइपीआई प्रविधि अपडेटका लागि ब्रेन डिजिटले काम गरिरहेको बोर्डले जनाएको छ ।

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले वैशाखको पहिलो सातादेखि बक्स अफिस लागू गर्ने घोषणा गरेकी थिइन् । सोअनुरुप वैशाख १० गतेदेखि औपचारिक रुपमा सुरु गरिने भएको छ ।

चावहिलस्थित गोपीकृष्ण मुभिजमा यसको पहिलो परीक्षण सम्पन्न भएको छ । पौडेल सो हलकी पूर्वसञ्चालिका हुन् । गोपीकृष्णसँगै कोटेश्वर जडीबुटी अवस्थित पुष्पाञ्जली, बौद्धस्थित सिद्धार्थ र पृथ्वीसँगै कलंकी सिनेमा हलमा वैशाख १० गते देखि नै बक्स अफिस प्रणाली सुुरु हुनेछ । जसका लागि सर्भर जडानको काम भइरहेको छ ।

केही दिनमै गोपीकृष्ण मुभिजमा सिनेमा हेर्न आउने दर्शकले इटिकेटिङ सिस्टमबाट टिकट काट्ने बोर्ड अध्यक्ष पौडेलले बताइन् । हल सञ्चालक तथा निर्माताहरूकै सल्लाहमा नयाँ आर्थिक वर्ष २०७५÷०७६ अर्थात् साउदेखि पूर्णरुपमा देशभर नै बक्स अफिस प्रणाण्ी अनिवार्य लागु हुनेछ । गोपीकृष्ण, गुण सिनेमा र अष्टनारायणमा धेरै पर्दा भएका कारण प्राविधिक कठिनाइ उत्पन्न भएको बताइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 × = 36