परराष्ट्रमन्त्री ज्ञवाली फर्केलगत्तै भारतीय विदेशमन्त्री सुष्मा स्वराज चीन जाँदै, ओलीलाई चीनतर्फ ढल्किन नदिन यस्तो छ भारतको तयारी ?

  • 127
  •  
  •  
  •  
  •  
    127
    Shares

काठमाडौं, ४ वैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पाँच दिने औपचारिक भ्रमणमा अहिले चीनमा छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा ज्ञवाली बेइजिङ पुगेका हुन् । ज्ञवाली र उनका चिनियाँ समकक्षी वाङबीच बुधबार भेटवार्ता हुँदैछ । बुधबार नै मन्त्री ज्ञवालीले चीनका प्रधानमन्त्री लि खछियाङलाई भेट्ने कार्यक्रम रहेको बुझिएको छ । तर, चीनले अहिलेसम्म त्यसबारे कुनै जानकारी गराएको छैन ।

नेपालका परराष्ट्रमन्त्री बेइजिङबाट फर्केलगत्तै भारतीय विदेशमन्त्री सुष्मा स्वराज चीन जाने भएकी छन् । चिनियाँ विदेशमन्त्री वाङको निमन्त्रणमा स्वराजले चीनको भ्रमण गर्न लागेकी हुन् । स्वराज र वाङ यीबीच संघाई को–अपरेसन समिटमा भेटवार्ता हुने भएको छ । यसअघि स्वरान सन् २०१५ मा चीन पुगेकी थिइन् ।

चीनले केही दिनको फरक पारी नेपाल र भारतका विदेशमन्त्रीलाई बेइजिङ बोलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नेपालका प्रधानमन्त्री केपी ओलीले हालै भारत भ्रमण गरेका थिए । बोआओ सम्मेलनलाई बेवास्ता गर्दै ओली नयाँ दिल्ली गएपछि चीन असन्तुष्ट देखिएको छ । नयाँ दिल्लीबाट फर्केलगत्तै ओलीले आफ्ना विश्वासपात्र परराष्ट्रमन्त्री ज्ञवालीलाई बेइजिङ पठाएका हुन् । प्रधानमन्त्री ओलीले आगामी महिना चीन भ्रमणमा जान चाहेका छन् । त्यसैको तयारीस्वरूप ज्ञवालीको बेइजिङ भ्रमण भएको हो । तर, चीनले तत्काल ओलीलाई आफ्नो देशको भ्रमण नगराउने बुझिएको छ ।

ओलीलाई चीनको नजिक हुन नदिन भारतीय विदेशमन्त्री स्वराजको बेइजिङ भ्रमण हुन लागेको विश्लेषण गरिएको छ । स्वराज फर्केलगत्तै भारतीय रक्षामन्त्री निर्मला सिथारमान पाँचदिने भ्रमणका क्रममा चीन जाँदैछिन् ।

त्यस्तै, आगामी जुनमा संघाई को–अपरेसन समिटमा चिनियाँ राष्ट्रपति सि जिनपिङ र भारतीय प्रधानमन्त्रीबीच साइड लाइन वार्ता हुने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 × = 9