सात महिनादेखि लिभिङ टुगेदरमा रहेकी गोर्खाकी पूर्णिमाको अाफ्नै ब्वार्इफ्रेण्डले गरे हत्या (भिडियोसहित)

  • 45
  •  
  •  
  •  
  •  
    45
    Shares

काठमाडौँ, ४ वैशाख । लिभिङ टुगेदर (विवाह नगरि सँगै बस्नु) पश्चिमा देशहरुमा समान्य मानिए पनि नेपालमा भने यसलाई सहर्ष स्वीकारिँदैन । तर, पछिल्लो समय नेपालमा पनि लिभिङ टुगेदर जोडीहरु भेटिन थालेका छन् । लिभिङ टुगेदरमा रहेका जोडीहरु कतिपयको सम्बन्ध राम्रो रहे पनि कतिपयको एक अर्काबीच कुरा मिल्न छाडेपछि ज्यानै गएको घट्ना पनि सार्वजनिक हुन थालेका छन् ।

यसैको पछिल्लो उदाहरण हो काठमाडौंको टोखा नगरपालिकास्थित बसुन्धारा नजिकै भएको एक महिला हत्या काण्ड ।आइतबार राति काठमाडौँको टोखा नगरपालिका ७ स्थित धापासी हाइटमा एक महिलाको शव टाउकोमा चोट लागको अवस्थामा भेटियो । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । तत्काल प्रहरी टोली घटनास्थलमा पुग्यो र अनुसन्धान शुरु गर्यो ।

शव गोर्खा घर भई हाल काठमाडौँमा मिस्त्री काम गर्दै आएकी ३३ वर्षीया पूर्णिमा बि.क थियो । बिकको टाउकोमा गहिरो चोट लागेको देखेपछि प्रहरीले महिलाको हत्या भएको हुनसक्ने अनुमान गर्यो र अनुशन्धानलाई तिव्रता दियो ।

प्रहरीले हत्याको आशंकामा केही व्यक्तिलाई पक्राउ गर्यो र अनुशन्धानपछि विजय तामाङले हत्या गरेको खुल्न आयो । अहिले आरोपित विजय प्रहरीको नियन्त्रणमा छन् ।

अनुसन्धनका क्रममा प्रहरीले ती पूर्णिमा एक पुरुषसँग लिभिङ टुगेदरमा रहेको कुारा पत्ता लगायो । प्रहरीका अनुसार पर्सा जिल्ला घर भई हाल धापासी बस्ने ३० वर्षीय बिजय तामाङसँग उनी ७ महिनादेखि कोठा भाडामा लिएर सँगै बस्दै आएकी थिइन् । पछिल्लो समय पूर्णीमा सँधै कोठमा नआएर कहिले कता कहिले कता बस्न थालेपछि पूर्णीमा र विजयबीच बेलाबेलामा विवाद हुँदै आएको थियो ।

केही समयदेखि विजयसँग छुट्टिएर बसेकी पूर्णीमाको घटना भएको दिन आइतबार राति एक भट्टी पसलमा भेट भयो र सँगै मदिरा सेवन गरे । रातको करिब साढे नौ बजेतिर भट्टी पसलबाट निस्किएपछि विजयले पूर्णीमालाई कोठामा जान आग्रह गर्दा उनले मानिनन् र आबेशमा विजयले पूर्णिमालाई ढुंगा प्रहार गरे र आफ्नो कोठतिर लागे । पूर्णिमाको भने घटनास्थलमै ज्यान गयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =