साढे तीन घन्टा लामो बालुवाटार बैठकमा जुटेन सहमति, वैशाख ९ गते पार्टी एकता नहुने

  • 25
  •  
  •  
  •  
  •  
    25
    Shares

काठमाडौं, ४ वैशाख । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता जटिलतातर्फ उन्मुख हुँदै गएको छ । ११ दिनपछि मंगलबार बसेको एकता संयोजन समितिको चार घन्टा लामो बैठक पनि विना निष्कर्ष टुंगिएपछि एकता प्रक्रिया जटिल बनेको हो । यसअघि वैशाख ९ गतेलाई तय भएको पार्टी एकता घोषणा स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुटारमा बसेको बैठकले विवादित विषयमा सहमति खोज्ने जिम्मा फेरि पनि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ । बैठकमा दुवै पार्टीका अध्यक्षका अलावा माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठको सहभागिता थियो ।

माओवादी केन्द्रले ५०–५० प्रतिशतका आधारमा एकता हुनुपर्ने, चुनाव चिह्न सूर्यभित्र हँसिया हथौडा राख्नुपर्ने, जनयुद्धलाई दस्तावेजमा उल्लेख गर्नुपर्ने आफ्नो अडान राख्दै आएको छ । यिनै विषयका कारण एमाले र माओवादी एकता प्रक्रिया अवरुद्ध हुँदै आएको छ । एमालेले माओवादीले राखेको मागमा सहमति हुन नसक्ने जनाउँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

40 − 36 =