एमाले निकट युवा संघ विभाजनको संघारमा, राजीव पहारी र महेश बस्नेतमाथि गम्भीर आरोप

  • 22
  •  
  •  
  •  
  •  
    22
    Shares

काठमाडौं, ४ वैशाख । दुई ठूला वामपन्थी पार्टीबीच एकताको प्रयास भइरहेका बेला एमाले निकट युवा संघ नेपाल विभाजनको संघारमा पुगेको छ । वर्तमान अध्यक्ष राजीव पहारी र पूर्वअध्यक्ष महेश बस्नेत वामपन्थी एकतादेखि विधि र नियम मिच्न उद्यत रहेको ठहर गर्दै उपाध्यक्ष दिलु पन्त र महामसचिव नरेश शाही समूह समानान्तर कमिटी गठनको निर्णय पुगेको छ ।

पन्त माधव नेपाल समूह र पहारी तथा बस्नेत संस्थापन केपी ओली समूहका हुन् । समानान्तर कमिटी कसको नेतृत्वमा गर्ने भन्ने विषयमा अहिले छलफल चलिरहेको छ । दिलु पन्त समूहले आजै दिउँसो ४ बजे पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ ।

युवा संघलाई राजनीतिक संगठनभन्दा पनि लुटी खाने भाँडो बनाएर चलाएको ठहर नेपाल समूहको छ । अध्यक्ष पहारी विधि, प्रणाली र राजनीतिक काम नगरेका कारण पन्त समूहले समानान्तर कमिटी गठन गरेर अघि बढ्ने निर्णय गरेको हो । अध्यक्ष राजीव पहारीले संघको राष्ट्रिय भेलाअघि नै पदबाट राजीनामा दिने विषयले युवा संघमा भाँडभैलो उत्पन्न भएको हो ।

पहारी कास्कीबाट प्रदेश सभामा निर्वाचित सांसद हुन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले सोमबार पहारीलाई बालुवाटार बोलाएर अध्यक्षबाट राजीनामा दिन निर्देशन दिएका थिए । तर, पहारीले आफूले राष्ट्रिय सम्मेलनका बेला मात्र राजीनामा दिने, तत्काल कसैले नदिने बताउँदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

38 ÷ = 19