धादिङमा करेन्ट लागेर एकको मृत्य, ६ घाइते

  •  
  •  
  •  
  •  
  •  

धादिङ, ४ वैशाख । धादिङको थाक्रे गाउँपालिका– ११ केवलपुरमा मंगलबार बिहान खानेपानीको पाइप मिलाउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । बोरिङ गरेर तानिएको पानीको पाइपमा बाटो माथि मिलाउनलाग्दा हाइटेन्सन लाइनमा करेन्ट लागेपछि घाइते भएकी झापा, कन्काइ नगरपालिका – ८ की मिक्की तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेपछि उपचारका लागि काठमाडौँस्ति ट्रमा सेन्टरमा लगिएकी तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाले जानकारी दिए ।

घाइते हुनेमा थाक्रे – ६ का धनबहादुर कार्की, धीरज कार्की, गोपी कूलू, सुरेश कूलू, माइली तामाङ र गौतम तामाङ छन् । तीमध्ये पाँच जनाको वीर अस्पताल ट्रमा सेन्टरमा र दुई जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

36 − 29 =