फिल्म ‘भारत’मा सलमानकी हिरोइन प्रियंका, सलमानसँग अभिनय नगर्ने कसम आफैले तोडिन !

  • 362
  •  
  •  
  •  
  •  
    362
    Shares

काठमाडौं, ४ वैशाख । सलमान खान स्टारर फिल्म ‘भारत’मा प्रियंका चोपडा देखिने भएकी छन् । फिल्ममा सलमानको अपोजिट रोलमा प्रियंका अनुबन्धित भएको निर्माण पक्षले पुष्टी गरेको छ ।

अली अब्बास जफरको निर्देशनमा बन्ने फिल्मको सुटिङ समेत सुरू भइसकेको छ ।  प्रियंकाले १४ वर्षअघि सलमान खानसँगको विवादका कारण फिल्ममा एकसाथ काम नगर्ने कसम खाएकी थिइन् ।

उनीहरुले पुराना कुरा भुलेर पुन नयाँ सम्बन्धको ढोका खोलेका हुन्। केही दिनअघि प्रियंका आफैं सलमानको घरमा गएर असमझदारी हटाएर एकसाथ काम गर्ने कुरा टुंग्याएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।  सलमान र प्रियंका ‘मुझसे सादी कारोगी’ र ‘गाड तुस्सी ग्रेट हो’ जस्ता फिल्ममा एकसाथ देखिएका थिए। एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 × = 45