विदेश जाने अनुमति पाए सलमानले
171 - 171Shares

काठमाडौँ, ४ वैशाख । बलिउडा चर्चित अभिनेता सलमान खानलाई अदालतले विदेश जान अनुमति दिएको छ । सलमानले आफ्नो अब आउने फिल्म सुटिङका लागि नेपालसहित क्यानडा, र अमेरिका जानका लागि अनुमति माग्दै निवेदन दिएपछि विदेश विदेश यात्रा गर्ने अनुमति पाएका हुन् ।
अदालतबाट अनुमति पाएसँगै अब सलमानले फिल्म सुटिङका लागि मे २५ देखि १० जुलाईसम्म विभिन्न चार देशको यात्रा गर्ने छन् । सलमानलाई सन् १९९८ मा ‘हम साथ–साथ है’ फिल्मको सुटिङका क्रममा हरिण मारेको आरोपमा केही समयअघि १० हजार रपैयाँ जरिवानासहित पाँच वर्षको जेल सजाय सुनाइएको थियो । पछि उनलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गरिए पनि देश बाहिर जान नपाउने आदेश दिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
