सामाजिक सुरक्षा भत्ता व्यवस्थित बनाउन सूचना प्रणाली

  • 20
  •  
  •  
  •  
  •  
    20
    Shares

काठमाडौँ, ४ वैशाख । केन्द्रीय पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्नका लागि व्यवस्थापन सूचना प्रणाली सञ्चालन गरेको छ ।

विभागले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नाम इन्टरनेटमा राखी व्यवस्थित बनाउन थालेको सामाजिक सुरक्षा शाखाका शाखा अधिकृत सावित्रा बस्नेतले बताइन् । उनले यो प्रणालीमार्फत सामाजिक सुरक्षा वितरण गर्दा एउटै व्यक्ति दोहरिने तथा गलत तथ्यांक र मृत्यु भइसकेको व्यक्तिको नाममा रकम जाने जस्ता समस्या हट्ने छ ।

स्थानीय तहका कर्मचारीले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नामवली विभागले सञ्चालन गरेका प्रणालीमा राख्नेछन् र त्यही नामकाआधारमा विभागले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने छ ।

अहिले एक सय ३७ नगरपालिका र दुई सय ८५ गाउँपालिकाका एक हजार ४५८ वडाले सूचना प्रणालीअनुसार भत्ता विवरण गरिरहेको उनले बताइन । ती वडाका २२ लाख ४४ हजार ६६७ जनालाई सूचना प्रणालीमा आबद्ध गरिएको छ । उनका अनुसार आगामी आर्थिक वर्षमा ७५३ स्थानीय तहलाई सूचना प्रणालीमा राखेर भत्ता वितरण गर्ने तयारी भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 3 = 12