यातायात व्यवसायीकै गाडी खोसेर चलाउने तयारीमा सरकार
447 - 447Shares
काठमाडौं । सिन्डिकेटको पक्षमा हड्तालमा उत्रने घोषणा गरेपछि यातायात व्यवसायीका गाडी खोसेर सरकारले चलाउने तयारी गरेको छ । वैशाख २० गते यातायात व्यवसायीले हड्ताल गर्ने घोषणा गरेपछि सरकार कडा रुपमा प्रस्तुत भएको हो । सरकारले सुरक्षाकर्मीको सहयोगमा गाडी चलाउने जनाएको छ ।
गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले सडक यातायातमा रहेको सिन्डिकेट तोड्न सरकार कटिबद्ध रहेको बताएका छन । अत्यावश्यक सेवामा हड्ताल गर्ने कसैलाई पनि नछाड्ने उनले चेतावनी दिएका छन ।
‘हामीसँग नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका पर्याप्त चालक छन्’, उनले भने, ‘यातायात व्यवसायीले हड्ताल गरेमा उनीहरुकै गाडी खोसेर सुरक्षाकर्मी परिचालित गरी चलाउँछौँ ।’
गृहमन्त्रालयसहित यातायात व्यवस्था विभागको छलफलले अत्यावश्यक सेवा ऐन २०१४ र स्थानीय प्रशासन ऐनको अधिकारभित्र बसेर अत्यावश्यक सेवा बन्द गर्ने यातायात व्यवसायीको रुट इजाजत ठाउँको ठाउँमै खारेज गर्ने तयारी समेत गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
