नुवाकोटको मिनीट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • 19
  •  
  •  
  •  
  •  
    19
    Shares

नुवाकोट, ४ वैशाख  । देवीघाट–गल्छी सडक खण्डस्थित बेलकोटगढी नगरपालिका– ५ कोल्पुटरमा मिनीट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज साँझ भएको सो दुर्घटनामा गल्छी गाउपालिका–१ का ५० वर्षीय हरिप्रसाद खतिवडाको मृत्यु भएको हो । गल्छीबाट देवीघाट आइरहेको बा २ क ४००८ नंं को मिनीट्रकले विपरित दिशाबाट आइरहेको बा ८६ प ९५२० नंं को मोटरसाइकललाई ठक्कर दिदाँ उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिनुभयो ।

मोटरसाइकल पछाडि बसेका गल्छी गाउपालिका–१ का ४७ वर्षीय नवराज ओझा दुर्घटनामा परी गम्भीर घाइते भएकाले उपचारका लागि उनलाई काठमाडाँै पठाइएको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 30 = 36