‘भेटेरै सुन्नुछ’ बोलको गीत बजारमा (भिडियाेसहित )

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, ६ वैशाख । नयाँ नेपाली गीत संगीतको बजारमा अर्को एउटा गीत ‘भेटेरै सुन्नु छ’ थपिएको छ । दुर्गा खरेल र फिरोज बस्नेतको आवाजमा रहेको ‘भेटेरै सुन्नु छ’ बोलको गीतको म्युजिक भिडियोसमेत बजारमा आइसकेको छ ।

अमृत रेग्मीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको यस गीतलाई ‘द डिभाइन् म्युजिक कम्पनी’ले बजारमा ल्याएको हो । गीतको म्युजिक भिडियोमा प्रियांका कार्की र पवन शर्माले अभिनय गरेका छन् ।

यस गीतको म्युजिक भिडियोको निर्देशन निशान घिमिरे र छायांकन अर्जुन तिवारीले गरेका हुन् भने सम्पादन बिकास दाहालले गरेका छन् ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्:

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × = 50