सञ्जयको अर्को नयाँ गीत ‘मेरी आमा’ बजारमा अायाे, आफ्नै शब्द, संगीत र स्वरमा (भिडियाेसहित)

  • 76
  •  
  •  
  •  
  •  
    76
    Shares

काठमाडौँ, ७ वैशाख । चर्चित गायक सञ्जय श्रेष्ठले बजारमा नयाँ गीत ल्याएका छन् । गायक श्रेष्ठले आफ्नै शब्द रचना, संगीत र स्वरमा ‘मेरी आमा’ बोलको गीत बजारमा ल्याएका हुन् ।

आफ्नी आमाप्रति समर्पित गीत ‘मेरी आमा’ निक्कै सुमधुर रहेको छ । बालापनमा आमाले आफूलाई हुर्काउँदा गरेको दुःख र अप्ठ्याराहरुलाई समेटेर तयार गरिएको गीतमा सञ्जयलाई नै देख्न सकिन्छ । बजारमा उनका थुप्रै गीत संगीतहरु आइसकेका छन् । विशेषगरी उनको पप, आधुनिक गीत बढी चर्चित छन् । सञ्जयका मेरी माया, तिमी विना, एउटा गुन थियो जस्ता थुप्रै  गीतहरु चर्चित छन् ।

क्रसरोड्स टिजीआईएफ एल्वममा समेटिएको ‘मेरी आमा’ गीतको रेकर्डिङ सुरजलाल जोशी र भिडियोको छायांकन सन्दिपकृष्ण श्रेष्ठले गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 3 = 6