आयुष्मानलाई छोडेर कोसँग यसरी मस्ती गर्दै छिन् प्रियांका ? ( फोटो/भिडियोसहित)

  • 282
  •  
  •  
  •  
  •  
    282
    Shares

काठमाडौँ, १० वैशाख । नायिका प्रियाँका कार्की र नायक आस्युस्मानबीच लामो समयदेखि प्रेम सम्बन्ध छ भन्ने कुरा थाहा नपाएका दर्शकहरु सायदै होलान् । उनीहरुले आफूहरुबीचको प्रेमसम्बन्धलाई खुल्ला रुपमा सार्वजनिक गरिसकेका छन् । तर सोमबार बिहान दरबारमार्गको बिच सडकमा एउटा रथमा नायिका कार्की अरु कसैको अँगालोमा देखिइन् । उनी अरुसँगै मस्ती गरिरहेकी थिइन् ।

वास्तवमा उनी अर्को प्रमीसँग नभई चलचित्र ‘ह्याप्पी डेज्’का कलाकारसँग थिइन् । चलचित्र ह्याप्पी डेजको प्रचारका लागि चलचित्र निर्माण युनिट्ले राजधानीमा रथ यात्रा गरेको थियो ।

चलचित्र ‘ह्याप्पी डेज्’ निर्माण युनिटले सोमबार बिहान साढे १० बजे ललितपुरको लगनखेलबाट रथ यात्रा निकालेको थियो । रथ यात्रामा कलाकारहरु प्रियांका कार्की, दयाहाङ राई, सञ्जय गुप्ता, फिल्मका निर्देशक मिलन चाम्सलगायत सहभागी भएका थिए । रथ यात्रा थापाथली, त्रिपुरेश्वर, दरबारमार्ग, पुतलीसडकहुँदै भृकुटीमण्डपमा पुगेर पत्रकार सम्मेलन गरेपछि समापन भएको थियो ।

यही वेशाख १४ गतेबाट प्रदर्शनमा आउन लागेको ‘ह्याप्पी डेज्’ चलचित्रको प्रचारप्रसारका लागि रथ यात्र गरिएको निर्माण युनिटले बताएका छन् ।

चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्मित सिनेमामा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकलको अभिनय छ ।

साढे २ करोडको बजेटमा निर्माण भएको सिनेमामा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा.अशोक खनाल निर्माताका रुपमा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 20 = 26