‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ घोषणा

  • 24
  •  
  •  
  •  
  •  
    24
    Shares

काठमाडौं, ११ वैशाख । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो आठौं वार्षिकोत्सवको अवसर पारेर यस वर्षको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ को घोषणा गरेको छ । घोषित पुरस्कार अनुसार यसवर्ष नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारहरु विभिन्न ४ चार विधामा प्रदान गर्दै आइरहेकोमा यस वर्षदेखि दुई वटा विधा थप गरेर छवटा विधामा छजना पुरस्कृत हुने छन् ।

प्रतिष्ठानले हरेक वर्ष राष्ट्रको कलात्मक मर्यादालाई गरिमामय बनाउने, साधकहरुको सम्मान मार्फत राष्ट्रिय सांस्कृतिक चेतलाई उच्चता प्रदान गर्ने, साधकहरुको साधनारत जीवनशैलीमा सकारात्मक उत्साह थप्दै उनीहरुलाई राष्ट्रको गौरवसित जोड्ने र सांस्कृतिक राष्ट्रियताको घेरालाई फराकिलो र मजबुत बनाउने उद्देश्यले यो पुरस्कार प्रदान गर्दै आएको छ । सङ्गीत, नाट्य, नृत्य, लोक सङ्गीत–नाट्य, परम्परागत तथा शास्त्रीय सङ्गीत र रङ्गमञ्च विधाहरुमा प्रदान गरिने पुरस्कारको राशी जनही एक लाख एक रुपैयाँ र ताम्रपत्र रहेको छ ।

यस वर्षको नाट्य विधा तर्फको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ नाटक तथा रङ्गकर्मका क्षेत्रमा लामो समयदेखि योगदान पु¥याए बापत वरिष्ठ नाट्यविद् रामावतार यादवलाई प्रदान गरिने भएको छ भने सङ्गीत तर्फको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ नेपाली गीत सङ्गीतको संरक्षण एवम् प्रवद्र्धनमा निरन्तर योगदान पु¥याए बापत वरिष्ठ गीतकार कीरण खरेललाई प्रदान गरिने भएको छ ।

यस्तै नृत्य तर्फको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ नृत्य क्षेत्रमा लामो समयदेखि योगदान पु¥याए बापत वरिष्ठ नृत्याङ्गना सुभद्रा अधिकारीलाई र लोक कला तर्फको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ लामो समयदेखि लोक गायनमा योगदान पु¥याए बापत वरिष्ठ लोक गायक एलपी जोशी (लक्ष्मीप्रसाद जोशी)लाई प्रदान गरिने भएको छ ।

यसैगरीशास्त्रीय तथा परम्परागत सङ्गीत विधा तर्फको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ शास्त्रीय तथा परम्परागत सङ्गीत क्षेत्रमा लामो समयदेखि योगदान पु¥याए बापत वरिष्ठ पौराणिक तथा शास्त्रीय वाद्यवादक एवम् गायक पुष्परत्न तुलाधरलाई र रङ्गमञ्च विधा तर्फको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ लामो समयदेखि रङ्गमञ्च क्षेत्रमा योगदान पु¥याए बापत वरिष्ठ नाट्यकर्मी मदनदास श्रेष्ठलाई प्रदान गरिने भएको छ । ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ सम्माननीय राष्ट्रपतिबाट प्रदान गरिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 4 = 1