भावनाको गीतमा नायिका शिल्पा पोखरेल

  • 176
  •  
  •  
  •  
  •  
    176
    Shares

काठमाडौं, १८ वैशाख । लोकदोहोरीबाट गायन यात्रा सुरु गरेकी गायिका भावना आचार्यले पहिलोपटक बग्ने खोला बगी गो बोलको लोकपप गीत दर्शकस्रोतामाझ पस्किएकी छिन् ।

भावनाले नै निर्माण गरेको गीतमा चर्चित गायक रामचन्द्र काफ्लेले उनलाई गायनमा साथ दिएका छन् ।
स्थापित संगीतकार दीपक शर्माको शब्द र संगीत रहेकोे गीतको भिडियोमा चर्चित हिरोइन शिल्पा पोखरेलका साथ मोडल, अभिनेता दीपक ढकाललाई प्रस्तुत गरिएको छ ।

देबेन्द्र पाण्डेले निर्देशन गरेको भिडियो उत्सब दाहालले खिचेका हुन् । साहिल खान र मिलन श्रेष्ठले सम्पादन गरेको भिडियोमा प्रेमभाव प्रकट गरिएको छ । संगीतकार दीपकले यस गीतमा नेपालमा बोलीने मौलीक भाषा र भाकालाई नवीन शैलीमा प्रस्तुत गरिएको बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

51 − 44 =