राष्ट्रियसभा सदस्यहरुको प्रश्नः मोदीलाई सुरक्षाको प्रत्याभुति दिन किन सक्दैनौँ ?

  • 50
  •  
  •  
  •  
  •  
    50
    Shares

काठमाडौँ, २७ वैशाख । राष्ट्रियसभा सदस्यहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका लागि सुरक्षा दिन ठूलो संख्यामा सुरक्षार्की नेपाल आएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा उनीहरुले भ्रमणका लागि शुक्रबार नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाका लागि भन्दै नेपाल आएका सुरक्षा कर्मीको आवश्यकता किन भनी प्रश्न गरे ।

राष्ट्रियसभा सदस्य उदया शर्मा पौडेलले बैठकमा भने, ‘के हामीले भारतीय प्रधानमन्त्री र उनीसँगै आउने पाहुनाको सुरक्षाको प्रत्याभुति दिन सक्दैनौ ?’ राष्ट्रियसभा सदस्य विनादेवी राना, उतोल तामाङलगायतले नेपाली सुरक्षाकर्मी भरपूर तैनाथ हुँदा हुँदै ठूलो संख्यामा भारतीय सेना आएको विषयमा गृहमन्त्रालयको ध्यानाकार्षण गराए ।

उनीहरुले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका बेला कंञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिकामा भारतीय सुरक्षाकर्मीले महत्वपूर्ण सम्पदालाई आफ्नो कब्जामा लिई स्थानीयलाई दुःख दिने गरेको विषयमा सरकारको ध्यानाकर्षण गराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × = 21