आइरन म्यानको ३ करोडको सूट चोरी

  • 50
  •  
  •  
  •  
  •  
    50
    Shares

काठमाडौँ  ।  हलिउड फिल्म ‘आइरन म्यान’मा सुपर हिरो आइरन म्यानको भूमिकामा रहेका रोबर्ट डाउनी जुनियरको ओरिजिनल आइरन म्यान सुट चोरी भएको छ ।

लस एन्जलस पुलिसले यसको पुष्टि गर्दै भनेको छ कि, ‘रोबर्ट डाउनी जुनियरले २००८ को फिल्ममा लगाएको गोल्ड एन्ड रेड सुट चोरी गराएका छन् ।’

 

सुट मंगलबार ७ मेमा स्टारेज फ्यासिलिटीबाट गायब भएको थियो । प्रहरीले सुटको खोजी गरिरहेको छ । उक्त सुटको मूल्य ३ लाख २५ हजार डलर अर्थात् करिब तीन करोड अठार लाख रुपैयाँ पर्छ ।

पहिलोपटक आइरन म्यानको रूपमा देखा परेका रोबर्ट डाउनीले १० वर्षपहिले उक्त सुट लगाएका थिए । २००८ मा डाउनीले आइरन म्यान फिल्ममा शीर्ष भूमिका निभाएका थिए ।

आइरन म्यानको सुरुवाती हप्ताको कमाइ अहिले पनि २० सर्वाधिक कमाइ गर्ने फिल्ममध्ये पर्छ । रोबर्ट डाउनी अभिनीत ‘एभेन्जर्सः इन्फिनिटी वार’ प्रदर्शन भइरहेको छ ।

३ सय मिलियन डलरमा बनेको यस फिल्मले पनि बक्स अफिसमा विभिन्न रेकर्ड तोडिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 × 1 =