जनकपुरधाम आइपुगे भारतीय प्रधानमन्त्री मोदी

  • 319
  •  
  •  
  •  
  •  
    319
    Shares

काठमाडौँ २८ बैशाख ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदी  केहीबेर अघि जनकपुर आइपुगेका छन् । उनको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली जनकपुरधाम पुगिसकेका छन् । दुईदिने राजकीय भ्रमणका लागि जनकपुर आइपुगेका मोदीको स्वागतका लागि जनकपुरमा जनसागर उर्लिएको छ ।

प्रधानमन्त्रीका रूपमा तेस्रोपटक नेपाल आएका मोदीको यो दोस्रो राजकीय भ्रमण हो । उनी साउन ०७१ मा राजकीय भ्रमणमा र मंसिरमा सार्कको १८औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा र ओलीले नै तोकेको मितिअनुसार मोदी नेपाल भ्रमणमा आएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

76 ÷ 19 =