जनकपुरलाई भारतमा गाभ्न माग गर्ने सांसद किर्तीलाई कमल थापाले दिए यस्तो ‘दनक’

  • 2K
  •  
  •  
  •  
  •  
    2K
    Shares

काठमाडौँ २८ बैशाख । भारतीय सांसद किर्ती आजादको अभिव्यक्तिप्रति राप्रपा नेपालका अध्यक्ष कमल थापाले असन्तुष्टि व्यक्त गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको समयमा पुर्व क्रिकेटर तथा सतारुढ पार्टी भारतीय जनता पार्टीका संसद किर्ती आजादले सामाजिक संजाल मार्फत प्रदेश २ को राजधानी जनकपुरलाई भारतमा गाभ्न माग गरेपछि थापाले असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले समाजिक सन्जाल फेसबुक मार्फत भनेका छन् ‘भारतीय प्रम मोदीको नेपाल भ्रमणको समयमा नै एक भारतीय सांसद किर्ती आजादले सामाजिक संजाल मार्फत नेपालको सार्वभौमिकता र अखण्डतामा आँच पुग्ने गरी व्यक्त गरेका बिचारको घोर भर्त्सना गर्दछु ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × = 20