भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथमा पुजा गर्दै, आजै काठमाडौँ फर्केर पशुपतिनाथको दर्शन गर्ने

  • 58
  •  
  •  
  •  
  •  
    58
    Shares

काठमाडौँ, २९ वैशाख । नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार बिहान काठमौँबाट मुक्तिनाथ पुगेर पुजाआजा गर्दै छन् । बिहान करिब साढे ६ बजे हेलिकोप्टरमार्फत् मुक्तिनाथ पुगेका मोदीलाई मुक्तिनाथमा संस्कृति तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारी , प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, स्थानीय जनप्रतिनिधिलगायतले स्वागत गरेका थिए ।

उनले मुक्तिनाथ मन्दिरमा करिब २५ मिनेट पूजा गर्ने र त्यसपछि बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष र जिल्ला समन्वय समितिका सभापतिले कालीगण्डकी नदीको शालिग्राम मोदीलाई उपहार दिने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए । मोदी मुक्तनाथको पुजाआज गरेपछि मध्यान्न काठमाडौँ फर्कने छन् ।

काठमाडौँ फर्किए लगत्तै उनले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्नेछन् । पुजा सकेर मोदी अपरान्ह चार बजे भारत फर्कने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

64 − 61 =