मोदीको मुक्तनाथ दर्शनका क्रममा भारतीय मिडियालाई निषेधित क्षेत्रको फोटो/भिडियो खिच्न दिइयो, नेपाली पत्रकारमाथि विभेद

  • 1.8K
  •  
  •  
  •  
  •  
    1.8K
    Shares

काठमाडौँ, २९ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शनका क्रममा भारतीय मिडियाले निशेधित क्षेत्र मन्दिरको मुख्य भागकोसमेत फोटो खिचेका छन् । जुन कसैलाई पनि खिच्न मनाही छ । अहिलेसम्म पर्यटक लगायत कसैलाई पनि फोटो खिच्न नदिएको भए पनि भारतीय मिडियाले बिना अनुमति फोटो तथा भिडियो खिचेको भन्दै नेपाल पत्रकार महासंघ मुस्ताङले भत्सर्ना गरेको छ ।

पत्रकार महासंघ मुस्ताङले स्थानीय पत्रकारलाई भित्र छिर्नसमेत नदिइ भारतीय पत्रकारलाई खुलेआम मन्दिरको भित्री भागकोसमेत तस्बिर र भिडियो लिन दिएर विभेद गरेको भन्दै असन्तुष्टी व्यक्त गरेको छ । नेपाली पत्रकारहरूमाथि मुक्तिनाथमा विभेद गरिएको तर भारतीय पत्रकारद्वारा निषेधित क्षेत्रकोसमेत फोटो खिच्न दिइएको भन्दै नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकालीले आपत्ति प्रकट गरेका छन् ।

उहाँका अनुसार नेपाली पत्रकारहरुलाई मन्दिरको उत्तरपुर्बमा रहेको पुरानो कच्की घरको बार्दलीमा राखिएको थियो भने भारतीय पत्रकारहरुलाई मोदीसँगै भित्र पस्न दिइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 × 1 =