ओलीले राष्ट्रघात गरेको विप्लवको ठहर, आइतबार नेपाल बन्द

  • 1.5K
  •  
  •  
  •  
  •  
    1.5K
    Shares

काठमाडौं, २९ वैशाख । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रघात गरेको अरोप लगाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा ओली नेतृत्वको सरकारले राष्ट्रघात गरेको भन्दै उसले आइतबार नेपाल बन्दको घोषणा गरेको छ ।

शनिवार विज्ञप्ती मार्फत ओलीसरकारले गरेको राष्ट्रघात गरेकाले त्यसले जनताको स्वाभिमानमा पारेको चोटको प्रतिरोध गर्न बन्दको घोषणा गरिएको जनाइएको छ ।

‘केपीको लम्पसारवादी सरकार र भारतीय साम्राज्यवादी सरकारका बीचमा भएको राष्ट्रघाती सन्धि, सम्झौता, मोदीको नेपाल भ्रमणका क्रममा नेपाली जनतामाथि गरिएको दमनको प्रतिरोध नेपाल बन्दका रुपमा गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

91 − = 85