भारतीय प्रधानमन्त्री मोदी होटल हायातमा

  • 68
  •  
  •  
  •  
  •  
    68
    Shares

काठमाडौँ, २९ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति नाथको विशेष पुजा गरेका छन् । यसअघि बिहान मुक्तिनाथको दर्शनपछि मोदीले पशुपतिनाथको विशेष पुजा गरेका हुन् । अहिले विशेष पुजा सेकेर मोदी हायात होटल पुगेका छन् । भारतीय दूतावसाले आयोजना गरेका दिवाभोजमा सहभागी हुन मोदी हायात होटल पुगेका हुन् ।

भारतीय राजदूत मञ्जिवसिंह पूरीले भारतीय प्रधानमन्त्री मोदीको स्वागतस्वरुप दिवाभोजको आयोजना गरेका छन् । मोदी दिवाभोज सकेर आजै काठमाडौँ महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा सरिक हुने कार्यक्रम रहेको छ । काठमाडौं महानगरपालिकाले राष्ट्रियसभागृहमा भारतीय प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गर्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

68 − = 62