राष्ट्रिय सभागृहमा मोदीलाई नागरिक अभिनन्दनका क्रममा नेपाली सञ्चारमाध्यमलाई रोक, भारतीयलाई खुल्ला, सञ्चारकर्मी आक्रोसित

  • 211
  •  
  •  
  •  
  •  
    211
    Shares

काठमाडौँ, २९ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौँमा हुन लागेको नागरिक अभिनन्दनका क्रममा नेपाली निजी सञ्चारमाध्यमलाई प्रवेशमा रोक लगाइएको भन्दै सञ्चारकर्मीहरुले विरोध जनाएका छन् । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभागृहमा मोदीलाई नागरिक अभिनन्दन गर्ने क्रममा निजी सञ्चारमाध्यमलाई नागरिक अभिनन्दन स्थलमा प्रवेशमा रोक लगाएपछि सञ्चारमाध्यमहरुले क्यमरा भुइमा राखेर विरोध जनाएका हुन् ।

सूचना विभाग, परराष्ट्र मन्त्रालय र सम्बन्धित सुरक्षा निकायबाट स्वीकृत पास हुँदाहुँदै पनि सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजन, राष्ट्रिय सञ्चारमाध्यम र रेडियो नेपाललाई मात्रै प्रवेश गर्न दिइएको छ । सञ्चारकर्मीहरुले पास हुँदाहुँदै पनि समाचार संकलनका लागि प्रवेश गर्न नदिनुलाई भारतीय पक्षबाट दवाव भएकाले प्रवेश गर्न रोक लगाएको हुनसक्ने बताएका छन् ।

शनिबार बिहान मोदीले मुक्तिनाथ मन्दिर प्रवेश पनि नेपाली सञ्चारमाध्यमलाई रोक लगाएको थियो । तर भारतीय सञ्चारमाध्यमलाई मात्रै प्रवेश दिइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

28 + = 32