मोदीले भनेः नेपालको विकासका लागि भारत ‘शेर्पा’ बन्न तयार, भाषणमा सन्दिपलाईसम्म जोड्न भ्याए

  • 401
  •  
  •  
  •  
  •  
    401
    Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासका लागि भारत संधै तयार रहेको भन्दै आफूहरु हिमालको ‘शेर्पा’ बन्न तयार रहेको बताएका छन् । काठमाडौँ महानगरापलिकाले आयोजना गरेको नागरिक अभिनन्दनपछि मोदीले नेपालको विकास अहिले सगरमाथाको वेसक्याम्पमा पुगेको भन्दै शिखरमा पुर्यान सक्दो सहयोग गर्ने बतए । उनले भने, ‘ हिमालका शेर्पाले सगरमाथा चढ्ने आरोहीलाई जसरी सहयोग गर्छ त्यसरी नै नेपालको विकसमा शेर्पा बनेर सघाउन भारत तयार छ ।’

उनले भाषणमा नेपालको बारेमा धेरै प्रशंसा गरे । मोदीले नेपाल विश्का मानिसहरुका लागि शान्ति खोज्ने थलो भएको बताए । उनले काठमाडौँ शहर आफैमा दुनियाँ भएको बताउँदै नागार्जुनको जंगलदेखि शवपुरीसम्मको नाम लिए भने पाटनको प्रतिष्ठा, कृतिपुरको कला र ललितपुरको लालित्य भन्दै उनले निक्कै प्रशंसा गरे । काठमाडौँ उपत्यकाको विशेषतालाई पनि उनले इन्द्र धनुशको रंगसँग तुलना गर्न भ्याए ।

भारतीय प्रधानमन्त्री मोदीले भारतमा आइपीएल भइरहेको र त्यहाँ नेपाली नौं जवान सन्दिप लामिछानेले खेलीरहेको कुरासम्मेत भाषणमा उल्लेख गर्न भ्याए ।

उनले भूकम्पपछि भएको नेपालको पुनः निर्माणको प्रशंसासमते गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 × = 6