प्रधानमन्त्री ओलीले भने, मोदीको भ्रमण भव्यताका साथ सम्पन्न, थाँती रहेका काम समय–सीमा तोकी पूर्णता दिइने

  • 40
  •  
  •  
  •  
  •  
    40
    Shares

काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको राजकीय भ्रमण भव्यताका साथ सम्पन्न भएको बताएका छन् । आइतबार बिहान ट्विटमार्फत ओलीले मोदीको यो भ्रमणले दुई देशबीचको सम्बन्ध प्रगाढ भएको उल्लेख गरेका छन् ।

दुई देशबीच आगामी दिनमा समयसीमा तोकी थाँती रहेका सबै कामलाई पूर्णता दिने प्रधानमन्त्रीको भनाइ छ । तर, ती थाती रहेका काम के के हुन् ? भन्ने उनले खुलाएका छैनन् । ‘थाँती रहेका सबै कामलाई पूर्णतातिर पु¥याउने समय–सीमा तोकी भारतीय प्रम महामहिम श्री नरेन्द्र मोदीजीको राजकीय भ्रमण भव्यताका साथ सम्पन्न भएको छ । आत्मीय छलफल, सद्भाव र उच्च समझदारीको लागि महामहिम श्री मोदीजीप्रति धन्यवाद ज्ञापन गर्दछु,’ ओलीले लेखेका छन् ।

गत फागुनमा भारतको राजकीय भ्रमण गरेर फर्कंदा पनि ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा यस्तै धारणा राखेका थिए । ओली र मोदीबीच एक घन्टा एक्लाएक्लै भेटवार्ता भएको थियो । तर, दुवै देशका प्रधानमन्त्रीबीच भएको भेटवार्ताबारे कुनै जानकारी गराइएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + = 21