‘शत्रु गते’ को ५१ औं दिनको सेलेब्रेसनमा यस्तो देखियो दृश्य (फोटो फिचर)

  • 362
  •  
  •  
  •  
  •  
    362
    Shares

काठमाडौं, ३० वैशाख । मह सञ्चारले निर्माण गरेको ‘शत्रु गते’ चलचित्रले शनिबार प्रदर्शनको गौरवमय ५१औं दिन पूरा गरेको छ । चलचित्रले ५१ औं दिन पूरा गरेकोमा निर्माण पक्षले सम्मान कार्यक्रम गरेको थियो ।

ललितपुरको इमाडोलस्थित इन्द्रेणी फुडल्यान्डमा आयोजित कार्यक्रममा चलचित्रमा अभिनय गर्ने कलाकार, सहयोगी टिम र सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । सबैलाई मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सम्मान गरेका थिए ।

‘शत्रु गते’ को निर्देशन प्रदीप भट्टराईले गरेका हुन् । मह जोडीले चलचित्रका निर्देशक भट्टराई, कलाकारहरू दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, संगीतकार, गीतकार, गायक गायिकालगायतलाई सम्मान गरेका थिए । ‘शत्रु गते’ अहिले आठौं हप्तामा चलिरहेको छ ।

तस्बिर :- विकास चित्रकार 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 × = 54