लता मंगेशकर भावुक हुँदै भन्छिन्, मेरो आमा नै मेरो पहिलो र समर्पित श्रोता हुन्

  • 340
  •  
  •  
  •  
  •  
    340
    Shares

भारत, ३१ वैशाख । आइतबार विश्व मदर्स डे, भारत लगायत विभिन्न देशमा यो दिवस मनाउने गरन्छ । ‘मदर्स डे’मा जो कोहीले पनि आफ्नो आमाको याद गर्छन् ।
यो स्वभाविकै हो । यो मामिलामा फिल्म इन्डस्ट्रिजसँग जोडिएका सिताराहरु पनि पछि पर्दैनन् । यसै क्रममा सुर साम्राज्ञ्री लता मंगेशकर पनि उनकी आमाको यादमा निक्कै भावुक भइन् । उनी भन्छिन्, ‘बालापन मा उनी निक्कै ऊर्जावान, चक्चके, जोशले भरपुर थिइन्, उनी चल्न सुरु भएपछि उनको आमालाई रोक्न निक्कै मुस्किल हुन्थ्यो ।

लता भन्छिन्, ‘म निक्कै चक्चके बच्चा थिएँ । मलाई निक्कै जोश र ऊजौ थियो । म दिनभर यतउती कुदिरहन्थेँ र मेरा पिता (शास्त्रीय गायक एवं रंगमंग अभिनेता दीनानाथ मंगशकर) आफ्ना चेलाहरुलाई गीत सिकाइ रहनु भएको हुन्थ्यो म त्यसलाई गाइरहन्थेँ ।’अहिले उनी प्रसिद्ध गायिका हुन् ।

लता भन्छिन् उनको पहिलो समर्पित श्रोता भनेकै उनकै आमा हुन् । उन आफ्नी आमालाई सम्झेर निक्कै भावुक भइन् । आँआभरी आँसु पार्दै उनले आमाविना दुनियाँ केही होइन भन्छिन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 × 1 =