कांग्रेस सुधारको अभियान लिएर कर्णाली पुगे पौडेल

  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

काठमाडौं, ३१ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफुले कर्णाली प्रदेशबाट कांग्रेस सुधारको अभियान थालेको बताएका छन् । नेपाल तरुण दलको कर्णाली प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले अब सुधारिएर आयौ भनेर जनतामा नगई जनताले नपत्याउने भएकाले पार्टी सुधार अभियान थालेको बताए । उनले भने, ‘म कांग्रेस सुधारको अभियानमा लागेको छु । कांग्रेस सुधारको अभियान कर्णाली प्रदेशबाट सुरु भयो । कर्णालीका सवै जिल्लामा कार्यकर्ता र जनताका बीचमा पुग्दैछु ।’

पौडेल तरुण दलको कार्यक्रम सुर्खेतमा उदघाटन गरि दैलेख पुग्नेछन् । दैलेखमा कार्यकर्ता भेटघाट गरि पौडेलले जेठ १ गते कालिकोटमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय गरेका छन् । त्यसैगरि जेठ २ गते जुम्ला, जेठ ३ गते मुगु पुगेर जेठ ४ गते मुगुमा कार्यकर्ता भेटघाट गरि काठमाडौं फर्कने कार्यक्रम तय गरेका छन् ।

पौडेलले सवैले पार्टी मिल्नु प¥यो भन्ने गरेपछि भाषणमा मात्र भनेको बताए । उनलाई पार्टीलाई एक बनाएर लैजानुपर्छ भन्ने आफु मात्र भएको दाबी गरे । ‘हिजो किसुनजीलाई चुनाव हराउने लाग्ने र आज पार्टीलाई एकलौटी चलाउने भन्ने विषयको समिक्षा हुन जरुरी छ । अब एक एक गल्ती केलाएर त्यही गल्तीका कारण कांग्रेसको यो अवस्था भएको भनेर सवैले आत्मा समिक्षा गरौं भनेको हो,’ पौडेलले भने, ‘सवैको अस्तित्व स्वीकार गर्दै मुल्याङकनका आधारमा पार्टी चलाउन जरुरी छ । यसो भएमा मात्र पार्टी एक भएर अगाडि बढ्छ ।’

नेता पौडेलले लोकतन्त्र र समाजवाद भनेको सामाजिक समानता भएको भन्दै समाजवाद र लोकतन्त्र अनुरुपको व्यावहार अब कांग्रेस सुधारका लागि आवश्यक रहेको बताए । ‘वीपी कोइराला आर्दश र व्यवहारको खानी हुनुहुन्थ्यो । हामीले वीपीको आर्दशलाई अंगिकार गरौ तर व्यवहार बोक्न सकेनौ त्यसैले आज कांग्रेसको अवस्था यो भयो,’ उनले भने ।

तरुण दल परिवर्तनको संवाहक भएको भन्दै पौडेलले तरुण दलले आफ्नो छवीलाई कायम गरेर गाँउ गाँउमा पुग्न निर्देशन दिए । पौडेलले देश विभाजन हुनबाट कांग्रेसले बचाएको कांग्रेसको सिद्धान्तको जीत भएको तर पार्टी हारेको विषयको मुल्याङकन गरे आगािड जाने सके मात्र कांग्रेसलाई जनताले पत्याउने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

58 + = 61